महिला टी-२० सिरिज: नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने

Posted on: 09 Nov, 2023

कार्तिक २३, काठमाडौँ । हङकङमा आयोजना हुने ४ देश सम्मिलत महिला टी-२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ। 

यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग यही कात्तिक २९ गते खेल्नेछ। प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन्। 

नेपालले आफ्नो दोस्रो खेल कात्तिक ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ। त्यस्तै तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!