२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रहरीले मुगु सामूहिक हत्या घटनामा संलग्न व्यक्तिलाई आज सार्वजनिक गर्दै

२०८०, २४ कार्तिक शुक्रबार ०३:५५

कार्तिक २४, काठमाडौं | मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । प्रहरीले बुधबार सुर्खेतबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्न लागेको हो । 

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनी मृतक परिवारका आफन्त रहेको बुझिएको छ।

हत्यामा उनीसँगै अर्का एकजनाको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ । यसबारे अनुसन्धान गरिरहेको स्रोत बताउँछ ।

सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली आइतबार मुगु गएको थियो ।

कार्तिक १० मा मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो । उनीहरूलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल