१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विद्युत् प्राधिकरणमा जागिरको अवसर, विभिन्न पदमा ४०० बढी कर्मचारी माग

२४ कार्तिक २०८०, शुक्रबार ०६:३८

कार्तिक २४, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा गरी ४०० भन्दा बढी कर्मचारी माग गरेको छ। खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले कर्मचारी माग गरेको हो। 

प्रधिकरणले सहनिर्देशकदेखि प्राविधिकसम्म ४०० बढी कर्मचारी माग गरेको छ। प्राधिकरणले सबैभन्दा माथिल्लो पद दशौं तहको सहनिर्देशकदेखि तेस्रो तह सम्मका प्रशासन र प्राविधिक तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो। 

प्राधिकरणले दशौं तहमा प्रशासन सेवाको लेखा समूहतर्फ १ जना सहनिर्देशक र प्राविधिकतर्फ सिभिल समूहका १ जना प्रबन्धक माग गरेको छ। 

प्राधिकरणले उपप्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर तथा सहायक स्तरका विभिन्न प्रशासनिक र प्राविधिक पदहरूमा दरखास्त माग गरेको छ। 

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।

प्राधिकरणले माग गरेअनुसारको पदमा भर्ना हुन इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले मंसिर १४  गतेसम्म दरखास्त दिइसक्नु पर्नेछ।

दरखास्त आह्वानका लागि पदअनुसार फरक–फरक शुल्क तोकिएको छ। इच्छुक व्यक्तिले प्राधिकरणको बेवसाइटबाट अनलाइन आवेदन समेत दिन सक्नेछन्। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार