२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुगु सामूहिक हत्यामा आफन्तको संलग्नता, दसैँअघिदेखि घटनास्थल पुगेर लुकेर बसेको थिए आरोपी

२०८०, २४ कार्तिक शुक्रबार ०७:२२

कार्तिक २४, काठमाडौँ | मुगुमा एकै परिवारका चारजनाको सामुहिक हत्यामा दुईजना संलग्न रहेको पाइएको छ । प्रहरीका अनुसार दुवैजना मृतकका आफन्त र छिमेकी हुन् ।

कात्तिक १० गते बिहान छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ८ महिने अर्का छोरा रहर मृत अवस्थामा भेटिएका थिए । दुई दिनसम्म घरमा चहलपहल नदेखिएपछि स्थानीयले ढोका फोरेर हेर्दा उनीहरू मृत भेटिएका थिए ।

घटनामा प्रहरीले गाउँकै गोपालबहादुर बोहरा र गोरखबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरीले दुवैलाई आज दिउँसो सार्वजनिक गर्दैछ । प्रहरीका अनुसार लुट्ने मनसायले घटना भएको देखिन्छ । गोपाल र गोरख दुवै मृतकका आफन्त र छिमेकी हुन् । गोरख भने बाँकेको कोहलपुरमा बस्दै आएका थिए । अनुसन्धानका क्रममा गोरख दसैँको दुई दिनअघि गाउँ गएपनि गाउँलेले चाल पाएका थिएनन् ।


उनी गोपालको गोठमा लुकेर बसेको अनुसन्धानका क्रममा खुलेको छ । दसैँको भोलिपल्ट कात्तिक ८ गते राति साढे ८ बजे दुवैजना श्रीदेवीको घरमा छिरेको र सबैको हत्या गरेर लुटपाट गरेको प्रहरीले दाबी गरेको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार गोरख घटना भएकै राति सुर्खेत भागेका थिए । गोपाल भने गाउँमै बसेका थिए ।

‘गाउँमा नयाँ मान्छे आएको थाहा नपाउन् भनेर गोरख दसैँअघि त्यहाँ पुगेर लुकेर बसेको देखिन्छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् । गोरख श्रीदेवीका माइतीतर्फका आफन्त हुन् भने गोपाल श्रीमानतर्फका आफन्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल