१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुगु सामूहिक हत्यामा आफन्तको संलग्नता, दसैँअघिदेखि घटनास्थल पुगेर लुकेर बसेको थिए आरोपी

२४ कार्तिक २०८०, शुक्रबार ०७:२२

कार्तिक २४, काठमाडौँ | मुगुमा एकै परिवारका चारजनाको सामुहिक हत्यामा दुईजना संलग्न रहेको पाइएको छ । प्रहरीका अनुसार दुवैजना मृतकका आफन्त र छिमेकी हुन् ।

कात्तिक १० गते बिहान छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ८ महिने अर्का छोरा रहर मृत अवस्थामा भेटिएका थिए । दुई दिनसम्म घरमा चहलपहल नदेखिएपछि स्थानीयले ढोका फोरेर हेर्दा उनीहरू मृत भेटिएका थिए ।

घटनामा प्रहरीले गाउँकै गोपालबहादुर बोहरा र गोरखबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरीले दुवैलाई आज दिउँसो सार्वजनिक गर्दैछ । प्रहरीका अनुसार लुट्ने मनसायले घटना भएको देखिन्छ । गोपाल र गोरख दुवै मृतकका आफन्त र छिमेकी हुन् । गोरख भने बाँकेको कोहलपुरमा बस्दै आएका थिए । अनुसन्धानका क्रममा गोरख दसैँको दुई दिनअघि गाउँ गएपनि गाउँलेले चाल पाएका थिएनन् ।


उनी गोपालको गोठमा लुकेर बसेको अनुसन्धानका क्रममा खुलेको छ । दसैँको भोलिपल्ट कात्तिक ८ गते राति साढे ८ बजे दुवैजना श्रीदेवीको घरमा छिरेको र सबैको हत्या गरेर लुटपाट गरेको प्रहरीले दाबी गरेको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार गोरख घटना भएकै राति सुर्खेत भागेका थिए । गोपाल भने गाउँमै बसेका थिए ।

‘गाउँमा नयाँ मान्छे आएको थाहा नपाउन् भनेर गोरख दसैँअघि त्यहाँ पुगेर लुकेर बसेको देखिन्छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् । गोरख श्रीदेवीका माइतीतर्फका आफन्त हुन् भने गोपाल श्रीमानतर्फका आफन्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार