२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुगु सामूहिक हत्याकाण्ड: पहिले पनि पनि हत्या प्रयासमा संलग्न थिए आरोपित गोपाल

२४ कार्तिक २०८०, शुक्रबार ०९:०८

कार्तिक २४, काठमाडौँ | मुगु सामूहिक हत्या प्रकरणमा जोडिएका आरोपित गोपाल बोहोरा यसअघि पनि हत्या प्रयासमा संलग्न व्यक्ति रहेको खुलासा भएको छ । मुगु सामूहिक हत्या प्रकरणको अनुसनधानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार गोपाल यसअघि पनि व्यक्ति हत्याको प्रयासमा पक्राउ परेका व्यक्ति हुन् । 

गत कात्तिक ८ गते मुगुको छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र उनका ३ जना छोराछोरीको हत्या भएको थियो । हत्यामा संलग्न दुई व्यक्तिलाई कात्तिक २० र २१ गते पक्राउ गरिएको थियो । 


पक्राउ गरिएका गोपाल बोहोरा नाम गरेका आरोपित यसअघि पनि व्यक्तिको हत्या प्रयासमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार गोपालले यसअघि पनि एक व्यक्तिलाई छुरा प्रहार गरी हत्याको प्रयास गरेका थिए । तर पछि स्थानीय बासिन्दा, स्थानीय प्रहरी र पीडक र पीडित पक्षबीच छलफल भई पीडितको उपचार र क्षतिपूर्ति तिरी मिलापत्र गरिएको पाइएको छ । 

पहिले के कसरी मिलापत्र भएको थियो, त्यस विषयमा जानकारी नभएपनि पहिलेको घटनाबारे पनि जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

श्रीदेवी बोहोरा लगायत उनका तीन छोराछोरीको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । पक्राउ परेका गोपाल बोहोराले पनि लुटपाटका उद्देश्यबाट नै श्रीदेवीको हत्या गरिएको र हत्यापछि श्रीदेवीले कानमा लगाएको दुईवटा रिङ र तिलहरी लुटेर लगेको बयान दिएका छन् । 

हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पिना गाउँपालिका –७, मुगु घर भएका काले भन्ने गोर्खराज शाही ठकुरी र गोपाल बोहोरालाई पक्राउ गरेको छ । उनीहरुलाई केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य