१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

३० प्रतिशतले बढ्यो रेमिट्यान्स

२४ कार्तिक २०८०, शुक्रबार ०९:१७

कार्तिक २४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार रेमिट्यान्स बढेको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई ३६५ अर्ब ३४ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो।


समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,१३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७  कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १,४७,९३२ र ५७,८६१ रहेको थियो।

खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई ४०४ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो।

उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.५० प्रतिशत देखिएको छ। आर्थिक वर्ष २०८०/८१को पहिलो तीन महिनाको तथ्यांकमा सरकार महँगी नियन्त्रणमा प्रभावकारी हुन नसकेको देखिएको हो।

सरकारले ६ अंकभन्दा तल मूल्यवृद्धि राख्ने दाबी पटक पटक गर्ने गरे पनि राष्ट्र बैंकको तथ्यांकले भने करिब ८ प्रतिशततिर मुल्यवृद्धि पुग्न लागेको देखिएको छ। त्यस्तै आयात १.७ प्रतिशतले बढेको छ भने निर्यात २.३ प्रतिशतले घटेको छ। 

कूल वस्तुको व्यापार घाटा २.१ प्रतिशले बढेको छ।  विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३० प्रतिशतले र अमेरिकी डलरमा २५.९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। शोधनान्तर स्थिति ९९ अर्ब ७ करोड बचतमा देखिएको छ। कूल विदेशी विनियम सञ्चिती १ सय ६४३ अर्ब ९ करोड र अमेरिकी डलरमा १२ अर्ब ३३ करोड रहेको देखिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार