२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

३० प्रतिशतले बढ्यो रेमिट्यान्स

२०८०, २४ कार्तिक शुक्रबार ०९:१७

कार्तिक २४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार रेमिट्यान्स बढेको छ। समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई ३६५ अर्ब ३४ करोड पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो।


समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,१३,३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९,२९७  कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १,४७,९३२ र ५७,८६१ रहेको थियो।

खुद ट्रान्सफर ३०.२ प्रतिशतले वृद्धि भई ४०४ अर्ब ४ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो।

उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.५० प्रतिशत देखिएको छ। आर्थिक वर्ष २०८०/८१को पहिलो तीन महिनाको तथ्यांकमा सरकार महँगी नियन्त्रणमा प्रभावकारी हुन नसकेको देखिएको हो।

सरकारले ६ अंकभन्दा तल मूल्यवृद्धि राख्ने दाबी पटक पटक गर्ने गरे पनि राष्ट्र बैंकको तथ्यांकले भने करिब ८ प्रतिशततिर मुल्यवृद्धि पुग्न लागेको देखिएको छ। त्यस्तै आयात १.७ प्रतिशतले बढेको छ भने निर्यात २.३ प्रतिशतले घटेको छ। 

कूल वस्तुको व्यापार घाटा २.१ प्रतिशले बढेको छ।  विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३० प्रतिशतले र अमेरिकी डलरमा २५.९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। शोधनान्तर स्थिति ९९ अर्ब ७ करोड बचतमा देखिएको छ। कूल विदेशी विनियम सञ्चिती १ सय ६४३ अर्ब ९ करोड र अमेरिकी डलरमा १२ अर्ब ३३ करोड रहेको देखिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल