१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पक्राउ परेका आरोपितले भने– ‘गाउँलेले थाहा पाउने डरले रुन थालेकाले बच्चाको पनि हत्या गर्‍यौँ ’

२४ कार्तिक २०८०, शुक्रबार ०९:५०

कार्तिक २४, काठमाडौँ | मुगुमा भएको सामूहिक हत्या प्रकरणका एक आरोपितले बच्चा रुन थालेकाले एक वर्षका बालकको समेत हत्या गर्नुपरेको बयान दिएका छन् । प्रहरी नियन्त्रणमा रहेका आरोपित गोपाल बोहोराले एक वर्षको सानो बच्चा रुन थालेकाले गाउँलेले थाहा पाउने डरले बालकको समेत हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । 


प्रहरीको प्रारम्भिक सोधपुछमा आरोपित गोपालले हत्या लुटपाटको उद्धेश्यबाट भएको र हत्या गर्ने क्रममा सानो बच्चा पनि रोएको कारण गाउँलेले थाहा पाउने डरले बच्चाको समेत हत्या गरेको बयान दिएका हुन् । 

प्रहरी नियन्त्रणमा रहेका गोपाल बोहोराले आफूहरु योजनाका साथ हत्या र लुटपाट गर्ने गरी मृतकको घरमा पुगेको बयान दिएका छन् । प्रहरी श्रोतका अनुसार गोपाल र उनका साथी काले भन्ने गोर्खराज शाही ठकुरीले पहिले नै योजना बनाएर श्रीदेवीको हत्या गरी लुटपाट गरेका हुन् । पूर्व योजनाअनुसार गोपाल र गोर्खराज कात्तिक ८ गते राती साँझ साढे ८ बजे मृतकको घरमा पुगेका थिए । दिदी, दिदी भनी गोपालले मृतकलाई बोलाएपछि मृतकले ढोका खोलेकी थिइन् । त्यसपछि मृतकको खाना खायौ कि छैन भनेर सोधेको समेत खुलेको छ ।

त्यसपछि केही समय कुराकानी गरेपछि आरोपितहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । आरोपितहरु घरमा पुग्दा ठूला भएका छोरीहरुले देखेका कारण पोल खुल्ने डरले उनीहरुको समेत हत्या गरेको र सबैको हत्यापछि सानो बच्चा रोएकाले उक्त बालकको पनि हत्या गरेको बयान दिएका छन् । हत्यापछि श्रीदेवीले कानमा लगाएको दुईवटा रिङ र तिलहरी लुटेर आरोपितहरु फरार भएका थिए । आरोपित गोपाल बोहोरा उक्त रात आफ्नै घरमा सुतेको भएपनि अर्का आरोपित गोर्खाराज शाही ठकुरी भने सोही रात हिँड्दै जुम्ला पुगेको र जुम्लाबाट बस चढेर सुर्खेत पुगेका थिए । सुर्खेतमा एकरात बसी त्यहाँबाट नेपालगञ्ज आएर लुटिएको सुन आरोपितले बेचेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार