प्रभु साहकी पत्नी रिना कुमारीलाई मेयरमा पुनर्वहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

Posted on: 10 Nov, 2023

कार्तिक २४, काठमाडौँ | सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै शुक्रबार यस्तो आदेश गरेको हो ।  


नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले मेयर रिना कुमारी साहको पद यस अघि निलम्बन गरेको थियो । मेयर साह आजपाका केन्द्रीय अध्यक्ष प्रभु साहको श्रीमती हुन् ।

‘नवेदिकाको नगद प्रमुख पद स्वत रिक्त भएको भनि निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ मा भएको निर्णय तथा गोरखापत्रमा प्रकाशित सुचना समेत हाललाई कार्यान्वयन नगर्नुनगराउनु र निज निवेदिकालाई पूर्ववत रौतहट जिल्ला मौलापुर नगरपालिकाको प्रमुम पदमा रहि यथावत कामकारवाही गर्न दिनु भनि विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ ९२० बमोजिम अन्तरिम आदेश जारि गरिदिएको छ’, सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ । साथै यस सम्वन्धमा १५ दिनभित्र निर्वाचन आयोगलाई लिखित जवाफ पेश गर्न भनेको छ  ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!