कार्तिक २५, तनहुँ | तनहुँमा हाइस गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ।
शुक्रबार साँझ ६ बजे तनहुँको म्याग्दे गाउँपालिका-३ स्थित पृथ्वी राजमार्ग सडकखण्डमा पोखराबाट दमौली आउँदै गरेको ग १ ख २९४१ नम्बरको हाइस गाडीले विपरित दिशाबाट आउँदै गरेको लु ४६ प ४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार व्यक्तिको मृत्यु भएको तनहुँका डिएसपी मोहनबहादुर खाँणले बताए |
मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका-७ बाँसस्वाराका ५५ वर्षीय गंगाबहादुर बराली रहेको खाँणले बताए |
उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका बरालीको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको हो।
मोटरसाइकलका चालक सोही स्थानका १९ वर्षीय विशाल बराली घाइते रहेका र उनको उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए।
मोटरसाइकललाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!