१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हिउँ चितुवा र संस्कृति संरक्षणमा नासों

२५ कार्तिक २०८०, शनिबार ०५:३०

कार्तिक २५, मनाङ | हिमाली जिल्ला मनाङको प्रवेशद्वार नासों गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए। 

अध्यक्ष गुरुङले भने, “हाम्रा अग्रजले मान्दै आउनुभएको संस्कृति र हिउँ चितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको थियो । अहिले यी लोपोन्मुख चिजको प्रवद्र्धन आवश्यक छ । पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्छ र लागिपरेका छौँ ।”

उनले हिउँ चितुवा र संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना रहेको बताए। यहाँको मुख्य आय नै पर्यटन भएकाले यसको पनि उपयोगमा जोड दिइएको उनको भनाइ छ । 

चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेसनका संयोजक नरेन्द्र लामाले जलवायु परिवर्तनले हिउँ चितुवाको सङ्ख्या घट्दो अवस्थामा पुगेको बताए । उनले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको जनाउँछ । विश्वमा नेपाललाई हिउँ चितुवाको बासस्थानको रुपमा चिनिने गरेको उनको भनाइ छ । 

उनले भने, “हिउँ चितुवालाई हिमालको रानी भनिन्छ । हिमाली वातावरणको सूचक हिउँ चितुवा हो । जुन हिमालमा हिउँ चितुवाको राम्रो बासस्थान छ । त्यो हिमाली क्षेत्रको वातावरण सफा र स्वच्छ छ भनिन्छ ।” 

विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन् । तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार