बैंकिङ कसुरका दुई फरार अभियुक्त पक्राउ

Posted on: 11 Nov, 2023

कार्तिक २५, काठमाडौं | जिल्ला प्रहरी कार्यालय झापाले बैंकिङ कसुरका दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ परेका मेचीनगर वडा नं १० की ३७ वर्षीया जुनु तिम्सिनालाई पाँच दिन र विर्तामोड वडा नं २ का ३१ वर्षीय शमशेर कन्दङ्वालाई सात दिनको कैद तोकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिए ।

उच्च अदालत विराटनगरले अभियुक्त जुनु तिम्सिनालाई पाँच दिन कैद, पाँच लाख जरिवाना र २० हजार पीडित राहत कोषमा जम्मा गर्न गत जेठ ३१ गते फैसला गरेको थियो ।

सोही अदालतको इलाम इजलासले अभियुक्त शमशेर कन्दङ्वालाई सात दिन कैद, सात लाख ५० हजार जरिवाना र ३० हजार पीडित राहत कोषमा जम्मा गर्न गत वर्षको असोज ५ गते फैसला सुनाएको थियो ।

शुक्रबार पक्राउ परेका दुवै अभियुक्तलाई झापा जिल्ला अदालतमा पेस गरी जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!