२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने इजरायलको चेतावनी

२०८०, २६ कार्तिक आईतवार ०६:०५

कार्तिक २६, काठमाडौँ | इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ ।

लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि गाजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका हुन् ।


रक्षामन्त्री गेलेन्टले भनेका छन्, ‘हिजबुल्लाह गम्भीर गल्तीको नजिक पुगेको छ । यसको परिणाम लेबनानका नागरिकले भोग्ने छन् । हामीले अहिले गाजामा जे गरिरहेका छौं, त्यस्तो बेरुतमा कसरी गर्ने भन्ने कुरा हामीलाई थाहा छ । बेरुतको पनि त्यसै हालत हुनेछ, जो गाजाको छ ।’

प्यालेस्टाइन चरमपन्थी समूह हमासले गत असोज २० गते इजरायलमा एक्कासी आक्रमण गर्दा १० नेपालीसहित १ हजार ४०० जनाको मृत्यु भएको थियो । लगत्तै इजरायलले युद्ध घोषणा गर्दै हवाई र स्थल कारबाही सुरु गरेको थियो ।

हमासलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणबाट गाजा क्षेत्र तहसनहस भएको छ । इजरायलको आक्रमणबाट बालबालिकाहरुसहित १० हजार जतिको मृत्यु भएको अनुमान छ ।

इजरायल विरोधी देश र समूहहरुले इजरायललाई आक्रमण रोक्न दबाब दिँदै आएका छन् । आक्रमणको विरोध गर्दै हिजबुल्लाहले लेबनानतर्फबाट इजरायलमा आक्रमण जारी राखेको छ ।

लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलले युद्ध अपराध गरेको अभिव्यक्ति शनिबार दिएका थिए ।

हिजबुल्लाहको टेलिभिजनबाट सार्वजनिक भाषणमा उनले इजरायलमाथि दक्षिणी लेबनानतर्फबाट आक्रमण जारी राख्ने बताएका छन् । ‘यो आक्रमण गाजामा चलिरहेको इजरायल-हमास युद्धमा प्यालेस्टिनी जनताको समर्थनका लागि हो,’ उनले भनेका छन् ।

हिजबुल्लाहका नेताको यही भाषण सार्वजनिक भएपछि इजरायलले कडा प्रतिक्रिया जनाएको हो ।

इजरायलले प्यालेस्टिनी जनताको विद्रोह दबाउन खोजेको तर उसको उद्देश्य पूरा नहुने भन्दै नसरल्लाहले नयाँ पुस्ताले इजरायलको झन् बढी विरोध गर्ने बताए । उनले इजरायलविरुद्ध इस्लामिक देशहरुलाई एकजुट हुन अपिलसमेत गरेका थिए ।

शनिबार नै साउदी अरबको राजधानी रियादमा इस्लामिक र अरब देशहरुको संयुक्त सम्मेलन आयोजना गरिएको थियो । ‘आपतकालीन’ र ‘असाधारण’ भनिएको यो सम्मेलनले इजरायललाई तुरुन्त संघर्ष विरा मगर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल