मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 13 Nov, 2023

कार्तिक २७, धनगढी | कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा गएराति सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही ठाउँ बस्ने चालक २२ वर्षीय तारा चौधरीको मृत्यु भएको हो । गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो ।

उनको उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!