एकपट्टिको इन्जिन स्टार्ट नभएपछि नेपाल एयरलाइन्सको जहाज सिमकोट विमानस्थलमै रोकियो

Posted on: 13 Nov, 2023

कार्तिक २७, काठमाडौँ | सिमकोटबाट नेपालगञ्जका लागि उडान भर्ने तयारी गरिरहेको नेपाल एयरलाइन्सको ट्वीनओटर जहाजमा प्राविधिक समस्या देखिएको छ ।

रनवेमा जहाजले नेपालगञ्जका लागि उडान भर्न दाँया इन्जिन स्टार्ट गरिसकेको र बाँया गर्ने क्रममा स्टार्ट नभएपछि जहाजमा समस्या देखिएको सिमकोट विमानस्थलका अधिकारीहरूले जनाएका छन् ।


चौध जना यात्रु लिएर उड्ने क्रममा जहाजमा प्राविधिक समस्या आएको नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र सिंहले बताए ।

प्राविधिक समस्या आएपछि उक्त जहाज बिमानस्थल मै रोकिएको छ । जहाज नेपालगञ्जबाट सिमकोटका लागि सोमबार बिहान चौध जना यात्रु बोकेर सिमकोट बिमान स्थलमा अवतरण गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!