१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रचिन र डेभोनले बनाएको यो कीर्तिमान

२७ कार्तिक २०८०, सोमबार ०६:४५

कार्तिक २७, काठमाडौँ | न्युजिल्यान्ड लगातार दोस्रो पटक आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको छ । यसपटक न्युजिल्यान्डलाई विश्वकपको सेमिफाइनलसम्म पुर्याउन युवा ब्याट्सम्यान रचिन रविन्द्रले महत्वपूर्ण योगदान गरे । 

जारी विश्वकपको प्रारम्भिक चरणको खेल सकिँदासम्म सर्वाधिक रनको साझेदारीको कीर्तिमान पनि न्युजिल्यान्डका रचिन र डेभोन कनवेकै नाममा लेखिएको छ । रचिन र डेभोनले इङ्ल्यान्डविरुद्धको खेलमा दोस्रो विकेटका लागि अविजित दुई सय ७३ रनको साझेदारी गरेका थिए । 


१३औँ विश्वकपमा हालसम्मको सबैभन्दा ठूलो साझेदारी पनि यही हो । यो विश्वकपमा हालसम्म दोस्रो सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान भने अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल मार्सको नाममा छ । वार्नर र मार्सले पाकिस्तानविरुद्धको खेलमा पहिलो विकेटका लागि दुई सय ५९ रनको साझेदारी गरेका थिए । 

यसैगरी तेस्रो ठूलो साझेदारी भारतका श्रेयस ऐयर र केएल राहुलको नाममा छ । ऐयर र राहुलले नेदरल्यान्ड्सविरुद्धको खेलमा चौथो विकेटका लागि दुई सय आठ रनको साझेदारी गरेका थिए । चौथो ठूलो साझेदारी दक्षिण अफ्रिकाका रासी भान डेर डुसेन र क्विन्टन डी ककको नाममा छ । 

डुसेन र डी ककले श्रीलंकाविरुद्धको खेलमा दोस्रो विकेटका लागि दुई सय चार रनको साझेदारी गरेका थिए । यो सूचिमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल र प्याट कुमिन्स पाँचौँ स्थानमा छन् । म्याक्सवेल र कुमिन्सले अफगानिस्तानविरुद्धको खेलमा आठौँ विकेटका लागि अविजित दुई सय दई रनको साझेदारी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार