१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भूकम्प पीडितका लागि वितरित राहत सामग्री जलाउने दुई जना पक्राउ

२७ कार्तिक २०८०, सोमबार ०७:२६

कार्तिक २७, काठमाडौँ | राहत सामग्री जलाउने दुई जना पक्राउ परेका छन्। 

रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ का ३६ वर्षीय गोपाल बुढा र २५ वर्षीय खिमबहादुर पुनलाई पक्राउ गरिएको छ। 

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार उनीहरूले आइतबार बेलुका साढे पाँच बजेतिर भूकम्प पीडितका लागि वितरित राहत सामग्री जलाएका थिए। राहत सामग्रीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले पेट्रोल छर्किएर कम्बलहरू जलाएका थिए। 


प्रहरी हवल्दार लालबहादुर कार्कीको कमाण्डमा खटिएको दुई जनाको प्रहरी टोलीले राहत सामग्री जलाउँदै गरेका उनीहरूलाई नियन्त्रणमा लिएको थियो। आरोपितलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताए। 

‘राहत वितरणप्रति असन्तुष्टि जनाउँदै बुढा र पुनले आठ वटा कम्बलहरू पेट्रोल छर्किएर जलाएर नष्ट गरेको भन्ने सूचना प्राप्त भएको छ,’ डिएसपी भट्टराईले भने, ‘अरूले धेरै राहत पाएको र आफूले कम पाएको भन्ने मुख्य गुनासो उहाँहरूको हो भन्ने छ।’

पक्राउ परेका व्यक्तिहरूमाथि सोधपुछ तथा अनुसन्धान हुन बाँकी रहेको डिएसपी भट्टराईले बताए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार