२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीलंका बाहिरिए पनि परेराको नाममा बन्यो कीर्तिमान

२०८०, २७ कार्तिक सोमबार ०९:१२

कार्तिक २७, काठमाडौँ | पूर्वविजेता श्रीलंका १३औँ विश्वकपमा अत्यन्तै निराशाजनक प्रदर्शन गर्दै प्रारम्भिक चरणबाटै घर फर्किन बाध्य भएको छ । तर, जारी विश्वकपमा श्रीलंका दुई ब्याट्सम्यान कुशल परेरा र कुशल मेन्डिसले भने गजबको कीर्तिमान बनाएका छन् । 

श्रीलंकाका कुशल परेरा यो विश्वकपमा सबैभन्दा कम बलमा अर्धसतक बनाउने ब्याट्सम्यानका रुपमा दरिएका छन् । उनले बेगलौरस्थित एम. चिन्नास्वामी स्टेडियममा खेलिएको न्युजिल्यान्डविरुद्धको खेलमा केवल २२ बलमा अर्धसतक पुरा गरेका थिए । 


यसैगरी सबैभन्दा कम बलमा अर्धसतक पुरा गर्ने ब्याट्सम्यानको सूचीमा श्रीलंकाकै कुशल मेन्डिस र अस्ट्रेलियाका ट्राभिस हेड संयुक्त रुपमा दोस्रो स्थानमा छन् । मेन्डिसले दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा केवल २५ बलमा अर्धसतक पुरा गरेका थिए ।

ट्राभिस हेडले पनि धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा खेलिएको न्युजिल्यान्डविरुद्धको खेलमा २५ बलमा अर्धसतक पुरा गरेका थिए । यसका अतिरिक्त अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले २७ र डेभिड वार्नरले २८ बलमा अर्धसतक बनाएका थिए । 

सबैभन्दा कम बलमा सतक पुरा गर्ने ब्याट्सम्यान भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल हुन् । उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा केवल ४० बलमा सतक बनाएका थिए । दक्षिण अफ्रिका एडिन मारक्रमले श्रीलंकाविरुद्धको खेलमा ४९ बलमा सतक बनाएका थिए । 

यसैगरी सबैभन्दा कम बलमा एक सय ५० रन बनाउने ब्याट्सम्यान पनि अस्ट्रेलियाका ग्लेन म्याक्सवेल नै हुन् । उनले अफगानिस्तानविरुद्धको खेलमा एक सय चार बलमा एक सय ५० रन बनाएका थिए । अस्ट्रेलियाका डेभिड वार्नरले पनि पाकिस्तानविरुद्धको खेलमा एक सय १६ बलमा एक सय ५० रन बनाएका थिए ।

यसैगरी सबैभन्दा कम बलमा दुई सय रन बनाउने ब्याट्सम्यान पनि अस्ट्रेलियाका ग्लेन म्याक्सवेल नै हुन् । उनले मुम्बईस्थित वानखेड स्टेडियममा खेलिएको अफगानिस्तानविरुद्धको खेलमा केवल एक सय २८ बलमा दुई सय रन बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने