१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसियाली खेलकुदमा रजत पदक जित्ने कराते खेलाडी एरिका सम्मानित

२७ कार्तिक २०८०, सोमबार ०९:४८

कार्तिक २७, काठमाडौँ | एसएस फाउण्डेसन, सामुदायिक सेवा केन्द्र तथा समुदायिक प्रहरीले १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई सम्मान गरेको छ ।

दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो । एसियाली खेलकुदको करातेमा नेपालका लागि एरिकाले जितेको रजत पहिलो हो । उक्त कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराले दिपावली, छठ तथा नेपाल सम्वत्को शुभकामना दिँदै रजत पदक प्राप्त गरेकी एरिका गुरुङको  अझै बढी सफलताका लागि कामना गरे ।


उनले भने, ‘भर्खर १९ वर्ष हुँदा यतिको प्रगति गर्नुभएको छ, उहाँको सफलतामा हामी सबैले गौरव गरेका छौँ । नेपालले अरु क्षेत्रमा धेरै केही गर्न नसके पनि खेल क्षेत्रमा विशेष सफलता हासिल गरोस् र जलस्रोतमा भएको सम्भावना र सफलता यो तिहारमा मात्रै होइन्, हरेक पर्वमा नेपाललाई उज्यालो पारोस्, नेपालीलाई सुखद् पारोस् ।’

करातेकी खेलाडी एरिका गुरुङले आफूले हासिल गरेको जित पहिलो देशको र त्यसपछि आफ्नो भएको बताइन् । उनले भनिन्, ‘गएर नेपाललाई चिनाउन पाउँदा एउटा बेग्लै नै अनुभव भएको थियो, त्यो सायद म बयान पनि गर्न सक्दिन । आजको यो सम्मानले मेरो मात्र होइन, पूरा खेलप्रेमीहरुको मनोबल बढेको छ । मेरो जितमा पहिला मेरो देशको नाम छ, त्यसपछि मात्रै मेरो हो ।’

रजत पदक एउटा पदकमात्रै नभई वर्षौदेखिको मेहेनतको फल भएको करातेका प्रशिक्षक कुशल श्रेष्ठले बताए । उनले अर्को पटक स्वर्ण पदक जितेर सम्मान लिने आशा गरेको पनि बताए । 

उनले भने, ‘यो रजत पदक एसियन खेलमा गएर एउटा पदक जितेको जस्तो मात्रै देखिएला तर हामीले यसका लागि दिनरात नभनेर वर्षौ मेहेनत गरेका छौं । त्यही मेहेनतको फल हो । हामी नेपालीहरुमा एउटा क्षमता छ, प्रस्तुत गर्न सक्ने स्थानमा पक्कै पनि सफल भएर देखाउने छौं र देखाएकै छौं । अर्को पटक स्वर्ण पदकका लागि सम्मानित हुने मौका पाउने आशा गरेका छौं ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार