२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसियाली खेलकुदमा रजत पदक जित्ने कराते खेलाडी एरिका सम्मानित

२०८०, २७ कार्तिक सोमबार ०९:४८

कार्तिक २७, काठमाडौँ | एसएस फाउण्डेसन, सामुदायिक सेवा केन्द्र तथा समुदायिक प्रहरीले १९औं एसियाली खेलकुदमा रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई सम्मान गरेको छ ।

दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको पावन अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो । एसियाली खेलकुदको करातेमा नेपालका लागि एरिकाले जितेको रजत पहिलो हो । उक्त कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराले दिपावली, छठ तथा नेपाल सम्वत्को शुभकामना दिँदै रजत पदक प्राप्त गरेकी एरिका गुरुङको  अझै बढी सफलताका लागि कामना गरे ।


उनले भने, ‘भर्खर १९ वर्ष हुँदा यतिको प्रगति गर्नुभएको छ, उहाँको सफलतामा हामी सबैले गौरव गरेका छौँ । नेपालले अरु क्षेत्रमा धेरै केही गर्न नसके पनि खेल क्षेत्रमा विशेष सफलता हासिल गरोस् र जलस्रोतमा भएको सम्भावना र सफलता यो तिहारमा मात्रै होइन्, हरेक पर्वमा नेपाललाई उज्यालो पारोस्, नेपालीलाई सुखद् पारोस् ।’

करातेकी खेलाडी एरिका गुरुङले आफूले हासिल गरेको जित पहिलो देशको र त्यसपछि आफ्नो भएको बताइन् । उनले भनिन्, ‘गएर नेपाललाई चिनाउन पाउँदा एउटा बेग्लै नै अनुभव भएको थियो, त्यो सायद म बयान पनि गर्न सक्दिन । आजको यो सम्मानले मेरो मात्र होइन, पूरा खेलप्रेमीहरुको मनोबल बढेको छ । मेरो जितमा पहिला मेरो देशको नाम छ, त्यसपछि मात्रै मेरो हो ।’

रजत पदक एउटा पदकमात्रै नभई वर्षौदेखिको मेहेनतको फल भएको करातेका प्रशिक्षक कुशल श्रेष्ठले बताए । उनले अर्को पटक स्वर्ण पदक जितेर सम्मान लिने आशा गरेको पनि बताए । 

उनले भने, ‘यो रजत पदक एसियन खेलमा गएर एउटा पदक जितेको जस्तो मात्रै देखिएला तर हामीले यसका लागि दिनरात नभनेर वर्षौ मेहेनत गरेका छौं । त्यही मेहेनतको फल हो । हामी नेपालीहरुमा एउटा क्षमता छ, प्रस्तुत गर्न सक्ने स्थानमा पक्कै पनि सफल भएर देखाउने छौं र देखाएकै छौं । अर्को पटक स्वर्ण पदकका लागि सम्मानित हुने मौका पाउने आशा गरेका छौं ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने