२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकान्तमा लगेर लुटपाट गर्ने २ जना पक्राउ

२०८०, २७ कार्तिक सोमबार १०:१५

कार्तिक २७, मकवानपुर | एकान्तमा लगेर लुटपाट गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको थाहा नगरपालिकाबाट सस्तोमा मोटरसाइकल मिलाइदिने आश्वासनसहित एकान्तमा लगेर लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।    

मकवानपुर थाहा नगरपालिका वडा नगरपालिका–३ भञ्जाङ डाँडास्थित खाप्चे खोलास्थित जंगलमा लगेर लुटपाट गर्ने २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार गत कात्तिक २४ गते दिउँसो २ः३० बजेको समयमा सस्तोमा २०० सिसिको मोटरसाइकल मिलाइदिन्छु भनी उक्त स्थानमा लगेर लुटपाट गर्ने २ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–२ वैकुण्ठ बोटटोल बस्ने वर्ष २५ को विशाल मुक्तान र  कैलाश–२ वैकुण्ठ खारे टोल बस्ने वर्ष ३१ को रुद्र मुक्तान (टोकल माइला) लाई पक्राउ गरिएको हो । प्रहरीले विशाललाई २६ र रुद्रलाई २७ गते पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको अनुसन्धान टोलीले खोजतलासको क्रममा कैलाश–२ मा लुकीछिपी बसी रहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरूको साथबाट लुटपाट गरिएको १४ हजार ५० रुपैयाँ बरामद भएको प्रवक्ता भण्डारीले बताए ।

विगत १ वर्ष अगाडि काठमाडौँमा घर बनाउने काम गर्ने सिलसिलामा चिनजान भएको विशालले सस्तोमा २०० सिसिको मोटरसाइकल मिलाइदिन्छु भनी ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–५ का हाल झापा भद्रपुर नगरपालिका–३ बस्ने नरेन्द्र लिम्बुलाई बोलाएर लुटपाट गरेका थिए ।

विशाल र रुद्रले लुटपाट गरिएको स्थानमा हतियार देखाएर देखाएर लिम्बुको साथमा रहेको नगद ३० हजार रुपैयाँ लुटेका थिए । साथै लिम्बुको साथमा रहेको भीभो कम्पनीको मोबाइल लुटपाट गरी विशाल र रुद्र फरार भएका थिए । पक्राउ परेका उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने