१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकान्तमा लगेर लुटपाट गर्ने २ जना पक्राउ

२७ कार्तिक २०८०, सोमबार १०:१५

कार्तिक २७, मकवानपुर | एकान्तमा लगेर लुटपाट गर्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको थाहा नगरपालिकाबाट सस्तोमा मोटरसाइकल मिलाइदिने आश्वासनसहित एकान्तमा लगेर लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।    

मकवानपुर थाहा नगरपालिका वडा नगरपालिका–३ भञ्जाङ डाँडास्थित खाप्चे खोलास्थित जंगलमा लगेर लुटपाट गर्ने २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार गत कात्तिक २४ गते दिउँसो २ः३० बजेको समयमा सस्तोमा २०० सिसिको मोटरसाइकल मिलाइदिन्छु भनी उक्त स्थानमा लगेर लुटपाट गर्ने २ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–२ वैकुण्ठ बोटटोल बस्ने वर्ष २५ को विशाल मुक्तान र  कैलाश–२ वैकुण्ठ खारे टोल बस्ने वर्ष ३१ को रुद्र मुक्तान (टोकल माइला) लाई पक्राउ गरिएको हो । प्रहरीले विशाललाई २६ र रुद्रलाई २७ गते पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको अनुसन्धान टोलीले खोजतलासको क्रममा कैलाश–२ मा लुकीछिपी बसी रहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरूको साथबाट लुटपाट गरिएको १४ हजार ५० रुपैयाँ बरामद भएको प्रवक्ता भण्डारीले बताए ।

विगत १ वर्ष अगाडि काठमाडौँमा घर बनाउने काम गर्ने सिलसिलामा चिनजान भएको विशालले सस्तोमा २०० सिसिको मोटरसाइकल मिलाइदिन्छु भनी ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–५ का हाल झापा भद्रपुर नगरपालिका–३ बस्ने नरेन्द्र लिम्बुलाई बोलाएर लुटपाट गरेका थिए ।

विशाल र रुद्रले लुटपाट गरिएको स्थानमा हतियार देखाएर देखाएर लिम्बुको साथमा रहेको नगद ३० हजार रुपैयाँ लुटेका थिए । साथै लिम्बुको साथमा रहेको भीभो कम्पनीको मोबाइल लुटपाट गरी विशाल र रुद्र फरार भएका थिए । पक्राउ परेका उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार