पुतलीसडकमा आगलागी

Posted on: 13 Nov, 2023

कार्तिक २७, काठमाडौँ | पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ ।

सोमबार दिउँसो एक घरको चार तलामाथि रहेको लुम्बिनी तन्दुरीमा आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

आगो काठमाडौं महानगर, नेपाल प्रहरी लगायतको दमकलले नियन्त्रणमा लिएको उनले बताए । आगलागीको कारण खुलिसकेको छैन ।

क्षति विवरण पनि आइनसकेको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!