यस्तो रहनेछ तिहार चल्दै गर्दा आज र भोलिको मौसम

Posted on: 14 Nov, 2023

कात्तिक २८, काठमाडौं । यसपटकको तिहारको मौसम सामान्यतया राम्रो हुने भएको छ । 

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण मौसममा केही बदली भइरहेपनि आज र भोलि भने सामान्य हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज मंगलबार र भोलि (बुधबार) भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार र बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिमपात हुने र देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अपिल गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!