१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाँकेमा गोली चल्यो, एक जना पक्राउ

१ मंसिर २०८०, शुक्रबार ०६:५४

मङ्सिर १, बाँके | बाँकेको जानकी गाउँपालिकामा गोली चलेको छ । प्रहरीले गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिका घर भएका ३१ वर्षीय आकाश राना घाइते भएका छन् ।

प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका एसपी सुवासचन्द्र  बोहराले रातोपाटीलाई बताए । कार्तिक ३० मा बिहान कोहलपुर स्थित चप्परगौडीमा आकाश राना सहितका युवाहरूले मीन बहादुर बिकलाई आक्रमण गरेका थिए । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागी भारतको लखनउमा पठाइएको छ ।

खुकुरी प्रहारमा संलग्नलाई खोज्दै प्रहरी शुक्रवार जानकारी गाउँपालिका–४ स्थित खुद्रा खजुरामा पुगेको हो । प्रहरीलाई देखेपछि आकाश राना भागेपछि गोली चलाएर नियन्त्रणमा लिएको एसपी बोहराले जानकारी दिए । रानाको दायाँ खुट्टामा गोली लागेको छ । 

कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा आकाश रानाले करणी प्रयास गरेको आरोप छ । उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखी ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार