भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 17 Nov, 2023

मङ्सिर १, भक्तपुर | भक्तपुरको लोकन्थलीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार साँझ मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीमा ना.७ ख ४७७४ नम्बरको तेल ट्यांकरले बा.७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको दिँदा हरिशरण पुरी गम्भिर घाइते भएका थिए ।

सिन्धुपाल्चोक घर भएका ४१ वर्षीय हरिशरण पुरीको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । जडीबुटीबाट भक्तपुरतर्फ जाँदै गरेको ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्यांकर चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ घर भएका ४५ वर्षीय तुलबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत थिमीले अनुसन्धान गरिरहेको डिएसपी पाठकले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!