कुटपिट गरी हत्या गरेको अभियोगमा आठ जना पक्राउ

Posted on: 17 Nov, 2023

मङ्सिर १, गुलरिया | बर्दियाको गुलरियामा सामूहिक कुटपिटबाट भएको हत्यामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। यो घटनामा अझै ३ जना फरार रहेको प्रहरीले जनाएको छ।

गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या भएको थियो। पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, १८ वर्षीय किशोर, गुलरिया नगरपालिका-५ बस्ने १९ वर्षीय दिपेश बुढामगर, गुलरिया नगरपालिका-८ बस्ने १९ वर्षीय सन्दिप थारू, सोही नगरपालिका-८ बस्ने १९ वर्षीय दिनानाथ चौधरी, गुलरिया-४ बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका(३ बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् ।

गुलरिया नगरपालिका-५ सुहेलवामा उनीहरूले कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारको लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!