१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ड्राइभर ट्वाइलेट जाँदा भीरमा खस्यो नुवाकोट जाँदै गरेको टाटासुमो, छ जना घाइते

३ मंसिर २०८०, आईतवार ०६:२५

मङ्सिर ३, काठमाडौं | काठमाडौंबाट नुवाकोटको समुन्द्रटारका लागि छुटेको टाटा सुमो दुर्घटना भएको छ।

शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थित गुर्जेमा रोकिराखेको टाटा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले उकेरालाई जानकारी दिए।

उनका अनुसार गुर्जे प्रहरी चौकी नजिकै रोकेर ट्वाइलेट जाँदा गाडी आफैँ अनियन्त्रित भएर चार सय फिट तल पाखामा खसेको हो।

‘गाडी रोकेर ड्राइभर ट्वाइलेट जाँदा गाडी भीरमा खसेछ। ह्यान्डब्रेक पनि लगाएको रैछन,’ खड्काले भने, ‘११ जना सवार रहेछन्, लोड पनि भएकाले खसेको हुनसक्छ।’

सवारमध्ये ६ जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए। बाँकी भने ट्वाइलेट जान झरेका थिए।

घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएकाे छ। सवारी चालकलाई अहिले गुर्जे प्रहरीले नियन्त्रणमा रहेको घटनास्थलमै रहेका खड्काले जानकारी गराए।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार