छठघाटमा डुबेर युवकको मृत्यु

Posted on: 19 Nov, 2023

मङ्सिर ३, सर्लाही | सर्लाहीको ईश्वरपुर नगरपालिका –७, पोखरी टोलमा आइतबार बिहान छठघाट निर्माण गर्न खटिएको एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । घरनजिकको पोखरीमा आइतबार बेलुका छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा ईश्वरपुर नगरपालिका –६, बयलवास निवासी भुवनेश्वर साहका २२ वर्षीय छोरा सन्तोष साहको मृत्यु भएको हो । 


युवकलाई पोखरीको पानीमा डुब्नासाथ उद्धार गरी अमृत हेल्थ केयर बयलवास लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । परिवारका सदस्यका अनुसार युवक केही सातापछि अष्टे«लिया जाने तयारीमा रहनुभएको थियो । छठ पूजाको भव्य तयारीमा जुटेका स्थानीय युवकको दुःखद निधनपछि स्तब्ध बनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!