१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लिगमा सुरुका तीन ब्याट्सम्यान शून्यमा आउट भए पनि कोहली-राहुलको जोडीले हराएको थियो अस्ट्रेलियालाई

३ मंसिर २०८०, आईतवार १०:०९

मङ्सिर ३, काठमाडौँ | एक दिवसीय विश्वकपको फाइनलमा अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् । टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले १६ ओभरमा ३ विकेट गुमाएर १०१ रन जोडेको छ । विराट कोहली ३४ र केएल राहुल १० रनमा खेल्दैछन् ।


कप्तान रोहित शर्मा ४७, श्रेयस अय्यर ४ र सुभमन गिल ४ रनमा आउट भए । ३० रन जोड्दा पहिलो विकेट गुमाएको भारतले ७६ रनमा दोस्रो र ८१ रनमा तेस्रो विकेट गुमाएको थियो । अहिले ब्याटिङमा विराट कोहली र केएल राहुल छन् । यो जोडीले ४१ दिनअघि भएको लिगमा अस्ट्रेलियालाई हराएको थियो ।

जारी विश्वकपको आफ्नो पहिलो खेलमा गत ८ अक्टोबरमा अस्ट्रेलियासँग भिड्ने क्रममा भारतका माथिल्लो क्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेका थिएनन् । रोहित शर्मा, इशन किसन र श्रेयस अय्यर शून्यमा आउट भएपछि भारत २ रनमा ३ विकेटको स्थितिमा थियो ।

तर, त्यसपछि कोहली र राहुलले चौथो विकेटका लागि १६५ रनको साझेदारी गरेका थिए । त्यस खेलमा २०० रनको लक्ष्य पछ्याएको भारतका लागि कोहलीले ८५ र राहुलले अविजित ९७ रन बनाएका थिए ।

त्यसअघि गत एसिया कपको सुपर ४ मा पनि यो जोडीले पाकिस्तानविरुद्ध २३३ रनको साझेदारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार