७४ प्रतिशत नेपाली पुरुष मदिरा पिउने एक अध्ययनको निष्कर्ष

Posted on: 19 Nov, 2023

मङ्सिर ३, काठमाडौँ | नेपाली पुरुषहरुमध्ये ७४ प्रतिशतले हरेक महिना मदिराजन्य पदार्थ पिउने एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले ७४ प्रतिशत पुरुषले एक महिनामा कम्तिमा एक पेग मदिराजन्य पदार्थ सेवन गर्ने तथ्य सार्वजनिक गरेको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय अघि सार्वजनिक गरेको नतिजा अनुसार २० प्रतिशत पुरुषले दुईदेखि ३ पेग र ६ प्रतिशत पुरुषले चार पेग वा सो भन्दा बढी मदिरा सेवन गर्ने गरेका छन् । भने महिला भने महिनामा ११ प्रतिशतले मदिरा सेवन गर्ने तथ्यांक रहेको जनाइएको छ ।

नेपालमा मदिरा मात्रै होइन सूर्तीजन्य पदार्थको प्रयोग पनि पुरुषहरुले ज्यादा गर्ने गरेका पाइएको छ । अध्ययनको नतिजा अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ५ प्रतिशत महिलाले सूर्तीजन्य पदार्थ सेवन गर्छन् भने सोही उमेर समूहका २८ प्रतिशत पुरुषले सूर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका छन् ।

‘सूर्तीजन्य पदार्थ सेवन गर्ने पुरुषहरु मध्ये १७ प्रतिशतले दैनिक धुमपान गर्छन् भने ११ प्रतिशतले कहिलेकाँही गर्छन्, अध्ययन प्रतिवेदनमा भनिएको छ, — दैनिक चुरोट पिउनेमध्ये ५४ प्रतिशत पुरुषले ५ वटाभन्दा कम, २५ प्रतिशतले ५ देखि ९ र २१ प्रतिशतले दिनमा १० वटा वा सो भन्दा बढी चुरोट पिउने गर्छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!