१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छठको मुख्यदिन ब्रतालुहरुले यसरी चढाए अस्ताउँदो सूर्यलाई अर्घ्य

३ मंसिर २०८०, आईतवार ११:४३

मङ्सिर ३, जनकपुरधाम । सूर्य उपासनाको महापर्व छठको आज मुख्यदिन अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिइएको छ । ब्रतालुहरु जलाशयमा बसेर पूजा सामग्री सूर्यदेवलाई चढाएका हुन् ।

जनकपुरधाम, वीरगञ्ज, सिरहा सदरमुकाम लगायतका पोखरीहरु दुलहीझैं सिंगारिएर छठ घाट बनाइएको छ । आज विहानै छठ घाट पुगेका ब्रतालुहरु दिनभर सूर्यदेवको पूजाआजा गरेका थिए । अहिले अस्ताउदो सूर्यलाई अर्घ्य चढाएका ब्रतालुहरु रातभर घाटमै बस्नेछन् ।


सोमवार विहान उदाउदो सूर्यदेवलाई अर्घ्य चढाएपछि छठ विधिवत रुपमा सम्पन्न हुन्छ । छठ प्रायः हिन्दूहरुले मनाइने महत्वपूर्ण पर्व हो । यो विशेष श्रद्धा र भक्तिभाव पूर्वक मनाइन्छ ।

छठको तराई मधेशमा उल्लास छ । छठ घाटहरुमा नाचगान जस्ता सांस्कृतिक कार्यक्रमहरु भइरहेको छ । कतिपयले नाच नचाउने भाकल नै गरेको हुन्छ । सन्तान प्राप्ति भएपछि ब्रतालु महिलाले आफूले लगाएको साडीको आँचल (अचरा)मा नाच गराइन्छ ।


छठ पर्व समानताको सन्देश पनि दिएको छ । धनी, गरिब, तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई छठ पूजा गर्छन्, यसले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ ।

पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने जनविश्वास छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार