१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्ट्रेलियासँग पराजित भएपछि रोहित शर्माले के भने ?

४ मंसिर २०८०, सोमबार ०६:०४

मङ्सिर ४, अहमदाबाद | आइतबार भएको विश्वकप २०२३ को फाइनल खेलमा अस्ट्रेलियासँग पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले यस खेलमा भारतीय टोलीको प्रदर्शन राम्रो नभएको र विशेष गरी ब्याटिङमा टोलीको प्रदर्शन खराब रहेको बताएका छन् ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २४० रनमा अलआउट गर्‍यो र त्यसपछि चार विकेट गुमाएर उक्त लक्ष्य पछ्याउँदै विश्व च्याम्पियन बनेको थियो।

खेलपछि रोहित शर्माले भने, ‘खेलको नतिजा हाम्रो पक्षमा थिएन र हामीलाई थाहा छ आज हामी राम्रो थिएनौँ । तर मलाई टोलीमा गर्व छ। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरे तर जे भयो त्यो त्यहाँ हुनुहुँदैन थियो ।’


‘इमानदारीपूर्वक भन्नुपर्दा २०–३० रन थप लिएको भए राम्रो हुन्थ्यो । करिब २५-३० ओभरसम्म, जब केएल राहुल र विराटले ब्याटिङ गरिरहेका थिए, हामीले राम्रो साझेदारी गर्ने र सम्भव भएसम्म पिचमा रहनुपर्छ भन्ने कुरा गरिरहेका थियौँ, तर त्यसपछि हामीले लगातार विकेट गुमाइरह्यौँ। त्यतिन्जेल हामीले २७०–२८० रन बनाउँछौँ भन्ने लागेको थियो । हामीले राम्रो साझेदारी गर्न सकेनौँ । अस्ट्रेलियाले तीन विकेट गुमाएपछि राम्रो साझेदारी गरेको थियो,’ उनले भने ।

खेलमा अस्ट्रेलियाको सुरुवात पनि खराब रह्यो र पहिलो सात ओभरमा ४७ रनमा डेभिड वार्नर, मिचेल मार्स र स्टिभन स्मिथको विकेट खसेको थियो । तर यसपछि ट्राभिस हेड र मार्नस लाबुस्चेनबिचको उत्कृष्ट साझेदारीले भारतको खेल नै बदलिदियो ।

रोहित शर्माले भने- ‘जब तपाईंको बोर्डमा २४० रन हुन्छ, तपाईं जतिसक्दो चाँडो विकेट लिन चाहनुहुन्छ र हामीले त्यो गर्‍यौँ । तर त्यसपछि हेड र मार्नसलाई श्रेय दिनुपर्छ । उनीहरूले ठुलो साझेदारी गरे र हामीलाई खेलबाट पूर्ण रूपमा बाहिर पारिदिए । तैपनि हामीले सक्दो गर्ने प्रयास गरेका थियौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार