२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्ट्रेलियासँग पराजित भएपछि रोहित शर्माले के भने ?

२०८०, ४ मंसिर सोमबार ०६:०४

मङ्सिर ४, अहमदाबाद | आइतबार भएको विश्वकप २०२३ को फाइनल खेलमा अस्ट्रेलियासँग पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले यस खेलमा भारतीय टोलीको प्रदर्शन राम्रो नभएको र विशेष गरी ब्याटिङमा टोलीको प्रदर्शन खराब रहेको बताएका छन् ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २४० रनमा अलआउट गर्‍यो र त्यसपछि चार विकेट गुमाएर उक्त लक्ष्य पछ्याउँदै विश्व च्याम्पियन बनेको थियो।

खेलपछि रोहित शर्माले भने, ‘खेलको नतिजा हाम्रो पक्षमा थिएन र हामीलाई थाहा छ आज हामी राम्रो थिएनौँ । तर मलाई टोलीमा गर्व छ। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरे तर जे भयो त्यो त्यहाँ हुनुहुँदैन थियो ।’


‘इमानदारीपूर्वक भन्नुपर्दा २०–३० रन थप लिएको भए राम्रो हुन्थ्यो । करिब २५-३० ओभरसम्म, जब केएल राहुल र विराटले ब्याटिङ गरिरहेका थिए, हामीले राम्रो साझेदारी गर्ने र सम्भव भएसम्म पिचमा रहनुपर्छ भन्ने कुरा गरिरहेका थियौँ, तर त्यसपछि हामीले लगातार विकेट गुमाइरह्यौँ। त्यतिन्जेल हामीले २७०–२८० रन बनाउँछौँ भन्ने लागेको थियो । हामीले राम्रो साझेदारी गर्न सकेनौँ । अस्ट्रेलियाले तीन विकेट गुमाएपछि राम्रो साझेदारी गरेको थियो,’ उनले भने ।

खेलमा अस्ट्रेलियाको सुरुवात पनि खराब रह्यो र पहिलो सात ओभरमा ४७ रनमा डेभिड वार्नर, मिचेल मार्स र स्टिभन स्मिथको विकेट खसेको थियो । तर यसपछि ट्राभिस हेड र मार्नस लाबुस्चेनबिचको उत्कृष्ट साझेदारीले भारतको खेल नै बदलिदियो ।

रोहित शर्माले भने- ‘जब तपाईंको बोर्डमा २४० रन हुन्छ, तपाईं जतिसक्दो चाँडो विकेट लिन चाहनुहुन्छ र हामीले त्यो गर्‍यौँ । तर त्यसपछि हेड र मार्नसलाई श्रेय दिनुपर्छ । उनीहरूले ठुलो साझेदारी गरे र हामीलाई खेलबाट पूर्ण रूपमा बाहिर पारिदिए । तैपनि हामीले सक्दो गर्ने प्रयास गरेका थियौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी