२ किलो कोकिनसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

Posted on: 20 Nov, 2023

मङ्सिर ४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ किलो कोकिनसहित भारतीय महिलालाई पक्राउ गरेको छ । भुटान जान लागेको अवस्थामा भारतीय नागरिक किम्रो साङ्गीलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी गोविन्द थपलियाले  बताए । 

३२ वर्षीया किम्रो साङ्गी कतारको दोहबाट त्रिभुवन विमानस्थलमा ओर्लिएर भुटान जान लाग्दा पक्राउ परेकी हुन् । उनी ईथियोपियाबाट दोहा हुँदै काठमाडौँ ओर्थिएकी थिइन् । ब्यूरोको टोलीले उनको साथबाट १ किलो ९७३ ग्राम कोकिन बरामद गरेको छ । आरोपीतबारे अनुसन्धान भइरहेको एसएसपी थपलियाले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!