२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छठ घाटमा मेयर साहलाई निषेध गरेको भन्दै वडाध्यक्षलाई नगरपालिका प्रवेशमा रोक

२०८०, ४ मंसिर सोमबार ११:०४

मङ्सिर ४, रौतहट | रौतहटको मौलापुर नगरपालिका ८ स्थित छठ घाटमा मेयर रिना कुमारी साहलाई निषेध गरेपछि वडाध्यक्षलाई नगरपालिकामा निषेध गरिएको छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउने बेला वडा नम्बर ८ स्थित एउटा छठ घाटमा स्थानीयले मेयर साह र उपमेयर नागेन्द्र प्रसाद यादवलाई निषेध गरेको थियो । घाटमा निषेध गर्न लगाएको भन्दै त्यस वडाका वडाध्यक्ष शिवप्रसन यादवलाई नगरपालिका प्रवेशमा रोक लगाएको हो ।

छठको मुख्यदिन सम्बन्धित वडाको घाटमा पुगेर ब्रतालुहरु र सर्वसधारणलाई जनप्रतिनिधिहरुले भेटघाट तथा शुभकामना आदान–प्रदान गर्छन् । मेयर साह र उपमेयर यादव पनि भेटघाट तथा शुभकामना आदान-प्रदान गर्नकै लागि धेरै छठ घाटहरु घुम्ने क्रममा वडा ८ मा विवाद भएको बुझिएको छ ।


मेयर साहले वडाध्यक्ष शिवप्रसन यादवकै निर्देशनमा आफूहरुलाई घाटमा निषेध गरेर दुर्व्यवहार गरेको बताइन् । उनले भनिन्, ‘म तपाईको घर जान्छु, अनि तपाईंको निर्देशन बिना कसैले दुर्व्यवहार गर्न सक्छन् ? सक्दैन नि । त्यहाँ वडाध्यक्षकै उक्साहटमा हामीलाई घाटमा जान दिएन । दुर्व्यवहार गर्यो ।’

वडा ८ स्थित २५/३० वटा पण्डाल लागेको थियो तर एउटा पण्डालमा मात्र निषेध गरी आफूहरुलाई दुर्व्यवहार गरेको उनले बताइन् । घाट सजावट तथा व्यवस्थापनका लागि बजेट नदिएको भन्दै यस्तो गरेको थाहा पाए– उनले सुनाइन् ।

‘विगतका वर्षहरुमा प्रत्येक वडामा छठ घाटका लागि डेढ लाखदेखि साढे ३ लाखसम्म खर्चिन्थ्यौं’, मेयर साहले भनिन्, ‘तर यस वर्ष वडाध्यक्षहरुले नै त्यसलाई फजूल खर्च भन्दै बजेट विनियोजन गर्न दिएनन् । अहिले म त्यतिधेरै रकम कसरी खर्च व्यहोर्छौं ? यसकै लागि घाटमा वडाध्यक्ष यादवले निषेध गरी दुर्व्यवहार गर्न लगायो ।’

मेयर साहले वडाध्यक्ष यादवलाई नगरपालिकामा प्रवेश गर्न नदिने बताइन् । उनले भनिन्, ‘हामीलाई निषेध गर्ने र हामी निषेध गर्न नहुने ? हामी पनि निषेध गर्छौं ।’ कार्यपालिका बैठकमा पनि रोक्नुहुन्छ भन्ने जिज्ञासामा उनले ‘हेर्दै जाउ के के हुन्छ’ भनेकी छन् ।

वडाध्यक्ष यादव स्वतन्त्रबाट निर्वाचित भएका हुन् । उनले आफूले मेयर र उपमेयरलाई घाटमा निषेध गर्न नलगाएको दावी गरेका छन् । उनले भने, ‘घटना भएको बेला म घरमै थिए । जहां विवाद भयो, त्यहां मेरो छठघाट पनि छैन् ।’

मेयर साह आम जनता पार्टीका अध्यक्ष तथा संघीय सांसद प्रभु साहकी श्रीमती हुन् । निर्वाचित भएको पार्टी नेकपा एमाले त्यागेपछि उनको पद नै गुमेको थियो । केहिदिन अगाडी मात्र अदालतले निर्वाचन आयोगको निर्णय उल्टाएपछि उनी पुनः मेयरको जिम्मेवारीमा फर्केकी छन् ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी