मोहम्मद ईजहार शेष | असोज २२, परासी । हिन्दू धर्मावलम्बीहरुले आफ्नो महान पर्व विजया दशमी मनाई रहेका बेला मुस्लिम समुदायहरुले मोर्हरम पर्व मनाउने तयारीमा जुटेका छन् । ईस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | असोज २२, परासी । हिन्दू धर्मावलम्बीहरुले आफ्नो महान पर्व विजया दशमी मनाई रहेका बेला मुस्लिम समुदायहरुले मोर्हरम पर्व मनाउने तयारीमा जुटेका छन् । ईस्"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

दशैंसँगै मोहर्रम पर्वको रौनक नवलपरासीमा पनि छायो

२२ आश्विन २०७३, शनिबार १०:२९

मोहम्मद ईजहार शेष | असोज २२, परासी । हिन्दू धर्मावलम्बीहरुले आफ्नो महान पर्व विजया दशमी मनाई रहेका बेला मुस्लिम समुदायहरुले मोर्हरम पर्व मनाउने तयारीमा जुटेका छन् । ईस्लाम धर्मको हिजरी क्यालेन्डर अनुसार मोहर्रम महिनाको हरेक १० तारिखमा मनाईने यो पर्व महिनाको सुरुवात सँगै १ तारिखवाट सुरु भएको मानिन्छ । धार्मिक सहिष्णुता कायम रहेको जिल्ला नवलपरासीमा दशैंको रौनक छाएको बेला दशैं मनाउनेहरु भजन किर्तनमा ब्यस्त रहेका छन् भने मोहर्रम पर्व मनाउने खासगरि मुस्लिम समुदायहरुले विशेष गरि रातीको समयमा थकरी खेल्ने , जारी गाउने , ढोल बजाउने लगायतका धार्मिक कार्य गर्दै मोहर्रम पर्व मनाईरहेका छन् ।

यसरी नवलपरासीवाट धार्मिक सहिष्णुताको सन्देश पर्वाह भएको देखिन्छ । नेपालको खासगरि तराईमा ताजियाको निर्माण गरि मनाईने यो पर्व सिमावर्ति क्षेत्रमा यो वर्षपनि विशाल ताजियाहरु निर्माण गरि मनाउदै छन् । यो वर्ष मोहर्रम महिनाको १० तारिख विजया दशमीको भोली पल्ट २६ गते परेको छ । नवलपरासीको गेर्मि , बन्जरिंया , भुजहंवा , रामपुर खडौना , हकुई लगायतका स्थानमा विशाल ताजियाहरु निर्माण गरिएको छ भने हरेक गाँउमा सानो ताजिया निर्माण गरि मोहर्रम १० तारिखका दिन करबला ( मुस्लिमहरुको दाह संस्कार गर्ने ठाँउ ) मा मेला सम्पन्न गरि ताजिया सेलाउने गरिन्छ । परम्परा अनुसार १ तारिखदेखि टोलटोलमा मोहरमको ढोल बजाउने , ढोल मिलान , मेहन्दी मिलान जुलुस, लाठी मीलान जुलुस, ताजियाको सुरुवाति रुप चौकि मिलान लगायतका कार्यक्रम गरि यो पर्व मनाउने गरिन्छ । आफ्नो मनोकामना पुरा भएको खुशीमा तथा मनोकामना पूरा गर्नका लागि मुस्लीम धर्मालम्बीहरुले कलात्तमक तरिकाले निर्माण गरिएको ताजिया राख्ने गर्दछन् ।

इराकको कर्बलामा करिब १४ सय वर्ष अघि ५६ सालको उमेरमा सहादत प्राप्त गरेका शहीदे आजम हजरत इमामे हुसैन र कर्बलामा शहीद भएकाहरुको सम्झनामा प्रत्येक वर्ष मुस्लिम धर्मावलम्बीहरु महान् मोहर्रम पर्व यादगारे हुसैन मनाउदैं आएको मुस्लिम गुरु निकट तन्जीमुल ओलमा युनियन नवलपरासीका अध्यक्ष एवं फैजाने अहले बैत नवलपरासीका डाईरेक्टर मौलाना सैयद गुलाम हुसैनले बताउनु भयो । हसैन सहितका दर्जनौ ईस्लामका समर्थकहरुले ईराकको करबला भन्ने स्थानमा ईस्लाम रक्षाका लागि ज्यान गुमाएका थिए । मोहर्रमलाई मुस्लिम धर्मको शहिद दिवसका रुपमा समेत हेर्ने गरिन्छ । नेपालको तराईका अधिकांस भागमा मनाईने मोहर्रम मुस्लिम समुदयायको मात्र नभएर नेपालीकै एक परम्परा बन्दै गएको छ । मोहर्ररमले धार्मीक एकताको पनि सन्देश दिएको मुस्लिम संघ नवलपरासीका अध्यक्ष कासिद अलिले बताउनु भयो । जसरी हिन्दुहरुको चाडपर्वहरुमा राज्यका संयन्त्रहरुनै परिचालन गरि राज्यका तर्फबाट संरक्षण गर्ने चलन रहेको छ , त्यसरी नै अन्य धर्मको चाडपर्वहरुमा पनि राज्य अभिभावकियरुपमा प्रस्तुत हुन जरुरी छ । नेपालकै एक प्रमुख समुदायको धार्मीक परम्परालाई संरक्षण गर्ने दाईत्व सरकारको पनि हो । त्यसैले मोहर्रमको संस्कृती र परम्परालाई राज्यले संरक्षण दिन आवश्यक रहेको कासिद अलिले जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू