दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न अनुमति, युवा संघको तीनकुनेमा हुने

Posted on: 21 Nov, 2023

मङ्सिर ५, काठमाडौँ |  मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले बिहीबार गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ।

प्रसाईं नेतृत्वको टिमसँग छलफल भएपछि बल्खुमा प्रदर्शन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

प्रसाईं र एमाले निकट राष्ट्रिय युवा संघ तथा अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर-नयाँ बानेश्वर रुटलाई निषेधित क्षेत्र घोषणा गरेको छ। त्यसपछि युवा संघले तीनकुनेमा कार्यक्रम स्थल तय गरेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!