१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बीबीसीको १०० प्रभावशाली महिलाकाे सूचीमा नेपालकी रुक्साना कपाली

५ मंसिर २०८०, मंगलवार ०७:२८

मङ्सिर ५, काठमाडौँ | बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली परेकी छन् ।

यसपटक नेपालबाट १०० महिलाको सूचीमा रुस्काना कपाली परेकी हुन् ।

बीबीसीले मंगलबार यस वर्ष विश्वभरबाट उत्प्रेरक र प्रभावशाली सय महिलाको सूची सार्वजनिक गरेको हो । कपाली ट्रान्सजेण्डर महिला हुन् । उनी आफूजस्तै महिलाको हकहितमा काम गर्दै आएकी छन् ।


रुक्सना नेपालको आदिवासी नेवा राष्ट्रकी सदस्य, ट्रान्सजेन्डर मानवअधिकारकर्मी हुन् । कपालीले हुर्कदै गर्दा आफ्नो पहिचानको बारेमा जानकारीको अभावमा संघर्ष गरेको बीबीसीले उल्लेख गरेको छ ।

उनले लिंग र यौनिकताको बारेमा सामाजिक सञ्जालमा क्वियर अधिकारका मुद्दाहरूमा आवाज उठाइरहेकी छन्।

उनी हाल कानुनको तेस्रो वर्षकी विद्यार्थी हुन् र नेपालमा लैगिंक तथा यौनिक अल्पसंख्यकं व्यक्तिहरूको कानुनी र संवैधानिक अधिकारको विकासमा सक्रिय रूपमा संलग्न छन्।

राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार