औँलामा तीनवटा बेरुवा औँठी र भित्री बस्त्रमा राखेर २७२ ग्राम सुन तस्करी, विमानस्थलबाट एक जना पक्राउ

Posted on: 21 Nov, 2023

मङ्सिर ५, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ सय ७२ ग्राम सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको नमोबुद्धका ३९ वर्षीया रामसुन्दर श्रेष्ठ छन्। उनलाई सोमबार राती पक्राउ गरिएको हो।

उनले ५४.९७ ग्रामको तीनवटा बेरुवा औँठी र भित्रि बस्त्रमा २१७.४ ग्राम सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। श्रेष्ठलाई भन्सार विभागको जिम्मा लगाइएको छ।


यस्तै रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ रसुवागढीबाट १२ तोला सुनसहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिका-५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाइकुण्ड गाउँपालिका-३ ब्रिदीम बस्ने २३ वर्षीय ड्वाङ लोप्साङ तामाङ रहेका छन् ।

नेपाल-चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट

नेपालतर्फ आउँदै गरेका उनीहरूलाई ३ थान बेरूवा औंठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!