१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिमकोटमा ग्यासको मूल्य एक हजार रुपैयाँ घट्यो, अब प्रतिसिलिण्डर ५५ सय

५ मंसिर २०८०, मंगलवार १०:०६

मङ्सिर ५, काठमाडौँ | हुम्लामा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार रुपैयाँ घटेको छ। यसअघि ६ हजार ५ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासको मूल्य ५ हजार ५ सय रुपैयाँमा झरेको हो।

व्यवसायी खुम रावतका अनुसार दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको र ग्यास व्यवसायीको संख्या पनि बढेपछि प्रतिस्पर्धा बढेसँगै मूल्य पनि घटेको हो।


यस्तै, पुरानो सिलिण्डर साटेर ग्यास भर्न भने ४ हजार ५ सय रुपैयाँ लाग्छ। यसअघि उक्त मूल्य ५ हजार ५ सय रुपैयाँ थियो। ग्यासको यो मूल्य सदरमुकाम सिमकोटको हो।

राष्ट्रिय सडक सञ्जाल जोडिएको सर्केगार्ड गाउँपालिकाको सरीसल्लामा भने नयाँ सिलिण्डर ५ हजार ५ सय रुपैयाँ पर्छ भने पुरानो सिलिण्डर भरेको २ हजार ५ सय रुपैयाँ पर्छ। सरीसल्लाभन्दा माथि भने पैदल दूरी हेरेर मूल्य निर्धारण गरिएको छ।

पहिलो पटक हुम्लामा ग्यास भित्रिँदा प्रतिसिलिण्डर चौध हजार रुपैयाँसम्म मूल्य थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार