Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार, मध्यरात ओछ्यानबाटै लखेटिए

६ मंसिर २०८०, बुधबार ०५:४९

मङ्सिर ६, काठमाडौँ | दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका महिलाहरुमाथि आफूलाई युवा संघका कार्यकर्ता बताउने केही व्यक्तिले दुर्व्यवहार गरेका छन् । सुतिरेहका महिलाहरुलाई ओछ्यानबाटै उठाएर लखेटिएको भिडियो सार्वजनिक भएको छ ।

हिजो मध्यरात सो घटना भएको हो । इटहरीबाट आएका दुई दर्जन जति महिलाहरुलाई लोकन्थलीको इन्द्रसार पार्टी प्यालेसमा बस्ने व्यवस्था मिलाइएको थियो । राति ११ बजेतिर ८-१० जनाको एउटा समूह सो पार्टी प्यालेसमा घुसपैठ गरेर सुतिरहेका महिलाहरुलाई उठाएको थियो । भिडिओमा धेरै महिलाहरु प्रौढ उमेरका देखिन्छन् ।

‘हेल्लो दिदीहरु, ७ गतेको कार्यक्रममा आउनुभएको हो ?’ भिडिओमा बोल्दै एकजना भन्छन् ।


महिलाहरु हतारिएर लुगा लगाउन थाल्छन् । तर, उनीहरुलाई तुरुन्तै निस्किन आदेश दिइन्छ । एक महिलाले ‘लुगा लगाउन दिनु न हामीलाई’ भनेको सुनिन्छ ।

‘तपाईंहरु ७ गतेको आन्दोलनमा आउनुभएको रहेछ, उठिहाल्छु त, छिटो गर्नु,’ ती व्यक्तिले आदेश दिन्छन् ।

पछाडि अरु व्यक्तिले लुगा लगाउन दिउँ भनेको पनि सुनिन्छ ।

दुर्व्यवहारपछि महिलाहरु आफ्ना पोका पन्तरासहित मध्यरातमा बाहिर निस्किएका थिए । उनीहरुलाई लखेटेपछि ‘दुर्गे प्रसाईं पागललाई फोन गर्नु त युवा संघले लघार्यो भनेर ।’ भन्दै बोलेको सुनिन्छ ।

सो घटनाबारे प्रहरीको १०० नम्बरमा फोन गएको थियो ।

भक्तपुर प्रहरीले फोन आएपछि घटनास्थलतर्फ तत्काल टोली पठाइएको गएको बताएको छ ।

‘हामी जाँदा त्यहाँ महिलाहरु थिए, तर दुर्व्यवहार गर्नेहरु थिएनन्,’ भक्तपुर प्रहरी प्रवक्ता वसन्त पाठकले भने । उनले लखेटिएका महिलाहरुलाई फेरि त्यही सुत्ने व्यवस्था मिलाएको दावी गरे ।

दुर्गा प्रसाईं निकटस्थहरुले भने महिलाहरुलाई मध्यरात लखेटेर सडकमा ल्याइएपछि आफूहरुले उद्धार गरेको बताए ।

दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंका अनुसार महिलाहरु लखेटिएको सूचना आएपछि तत्कालै गाडी पठाएर उनीहरुको उद्धार गरिएको थियो । उनीहरुलाई पशुपति धर्मशालामा लगेर राखिएको उनले जानकारी दिए ।

घटनामा संलग्नहरुलाई कारबाही गर्न उनको माग छ । प्रहरी प्रवक्ता पाठकले घटनामा ७-८ जना संलग्न रहेको जानकारी आए पनि उनीहरुको पहिचान नभएको बताए ।

‘युवा संघका कार्यकर्ता भएको सुनिएको छ, तर पहिचान भएको छैन । अहिलेसम्म कसैलाई पक्राउ पनि गरिएको छैन,’ पाठकले भने ।

युवा संघ अध्यक्ष क्षितिज थेवेले घटनामा संगठनको संलग्नता नरहेको दाबी गरेका छन् ।

उनले भने, ‘युवा संघले संस्थागत रूपमा त्यस्तो अमानवीय काम गर्दैन र गर्ने निर्देशन पनि छैन । कतै कसैले व्यक्तिगतरुपमा गरेको हो वा स्थानीयले गरेका हुन् यसबारे पनि हामीले बुझ्न खोजिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार