१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज माग पूरा नभए ‘दिमाग खराब’को प्रदर्शन रोकिने

६ मंसिर २०८०, बुधबार ०६:२४

मङ्सिर ६, काठमाडौँ |  ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले चलचित्र संघले आफ्नो माग आज (बुधवार) पूरा नगरे फिल्मको प्रदर्शन रोक्ने बताएका छन् । निर्माता र चलचित्र सङ्घबिच वार्ता गर्न मंगलबार गठित वार्ता टोलीले समस्या समाधानका लागि बुधवारसम्म समय मागेको आज फिल्म प्रदर्शन जारी राखिएको उनको भनाइ छ ।

‘दिमाग खराब’ तिहारको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । फिल्मले सुरुको समय राम्रो सो पाए पनि हिन्दी फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आएपछि सो कटौतीमा परेको थियो । सोही विषय र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ निर्माण कम्पनी सिनेमा आर्ट्सले शो र शेयर बाँडफाँडको विषयमा आपत्ति जनाउँदै प्रदर्शन रोक्ने चेतावनी दिएको थियो । ‘दिमाग खराब’को चेतावनीपछि चलचित्र संघले निर्माण युनिटसँग माग सम्बोधनका लागि मंगलबारसम्म समय माग गरेको थियो ।


फिल्म ‘दिमाग खराब’ले उठाएको ५० प्रतिशत सेयरलगायत मुद्दाको विषयमा छलफलका लागि चलचित्र संघ र चलचित्र निर्माता संघले वार्ता टोली नै गठन गरेको छ । प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने गरेर वार्ता टोली गठन भएको हो ।

निर्माता संघको तर्फबाट गठित टोलीमा पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रविन्द्रसिंह बानियाँ र कृषा चौलागाईं सदस्य छन् ।

त्यस्तै चलचित्र संघको तर्फबाट गठित वार्ता टोलीमा पूर्वअध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा लगायत सदस्य रहेका छन् ।

दुबै वार्ता टोलीबीच मंगलबार एक चरणको छलफल समेत भएको थियो । छलफलमा ‘दिमाग खराब’ले उठाएको विषयमा चलचित्र संघ र निर्माता संघबिचको विषय भएको भन्दै फेरि छलफलबाट टुङ्ग्याउने सहमति भएको चलचित्र संघका उपाध्यक्ष तथा वार्ता टोलीका सदस्य गोपालकाजी कायस्थले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार