२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज माग पूरा नभए ‘दिमाग खराब’को प्रदर्शन रोकिने

२०८०, ६ मंसिर बुधबार ०६:२४

मङ्सिर ६, काठमाडौँ |  ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कँडेलले चलचित्र संघले आफ्नो माग आज (बुधवार) पूरा नगरे फिल्मको प्रदर्शन रोक्ने बताएका छन् । निर्माता र चलचित्र सङ्घबिच वार्ता गर्न मंगलबार गठित वार्ता टोलीले समस्या समाधानका लागि बुधवारसम्म समय मागेको आज फिल्म प्रदर्शन जारी राखिएको उनको भनाइ छ ।

‘दिमाग खराब’ तिहारको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो । फिल्मले सुरुको समय राम्रो सो पाए पनि हिन्दी फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आएपछि सो कटौतीमा परेको थियो । सोही विषय र सेयर बाँडफाँडमा आपत्ति जनाउँदै फिल्म ‘दिमाग खराब’ निर्माण कम्पनी सिनेमा आर्ट्सले शो र शेयर बाँडफाँडको विषयमा आपत्ति जनाउँदै प्रदर्शन रोक्ने चेतावनी दिएको थियो । ‘दिमाग खराब’को चेतावनीपछि चलचित्र संघले निर्माण युनिटसँग माग सम्बोधनका लागि मंगलबारसम्म समय माग गरेको थियो ।


फिल्म ‘दिमाग खराब’ले उठाएको ५० प्रतिशत सेयरलगायत मुद्दाको विषयमा छलफलका लागि चलचित्र संघ र चलचित्र निर्माता संघले वार्ता टोली नै गठन गरेको छ । प्रदर्शक र निर्मातालाई प्रतिनिधित्व गर्ने गरेर वार्ता टोली गठन भएको हो ।

निर्माता संघको तर्फबाट गठित टोलीमा पूर्व अध्यक्ष तथा सल्लाहकार अशोक शर्माको संयोजकत्वमा उदयकुमार इङ्नाम, दीपकराज गिरी, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, रविन्द्रसिंह बानियाँ र कृषा चौलागाईं सदस्य छन् ।

त्यस्तै चलचित्र संघको तर्फबाट गठित वार्ता टोलीमा पूर्वअध्यक्ष राजकुमार पोखरेलको संयोजकत्वमा नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ, सुरेन्द्र थापा, प्रज्वल राणा लगायत सदस्य रहेका छन् ।

दुबै वार्ता टोलीबीच मंगलबार एक चरणको छलफल समेत भएको थियो । छलफलमा ‘दिमाग खराब’ले उठाएको विषयमा चलचित्र संघ र निर्माता संघबिचको विषय भएको भन्दै फेरि छलफलबाट टुङ्ग्याउने सहमति भएको चलचित्र संघका उपाध्यक्ष तथा वार्ता टोलीका सदस्य गोपालकाजी कायस्थले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी