असोज २२, कपिलवस्तु । फूलमती यादवको विहे भएको १२ वर्ष भयो । यादव दुई वर्षीय छोरी ममतासहित दुई वर्षदेखि माइती  कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुरमा बस्दै आएकी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २२, कपिलवस्तु । फूलमती यादवको विहे भएको १२ वर्ष भयो । यादव दुई वर्षीय छोरी ममतासहित दुई वर्षदेखि माइती  कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुरमा बस्दै आएकी "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

फूलमतीलाई कसले दिने न्याय ?

२२ आश्विन २०७३, शनिबार १०:५६

असोज २२, कपिलवस्तु । फूलमती यादवको विहे भएको १२ वर्ष भयो । यादव दुई वर्षीय छोरी ममतासहित दुई वर्षदेखि माइती  कपिलवस्तुको शिवराज नगरपालिका खरेन्द्रपुरमा बस्दै आएकी छिन् । 

उनको विवाह सानैमा भयो पछि गौना भएको हो । मधेशमा सानैमा विहे गरे पुण्य प्राप्ता हुन्छ भन्दै सानैमा विहे अनि केही वर्षपछी गौना गर्ने चलन रहेको छ ।

फूलमतीको विवाह शिजराज नगरपालिक १३ विशनपुरका राम फेरन यादवका छोरा बब्बु यादवसँग भएको हो ।

बब्बु यादव पढेलेखका छन् तर फुलमती निरक्षर छिन । बब्बु यादव र उनका परिवारले अशिक्षित भन्दै बाह्र वर्षअघि विवाह गरेर ल्याएकी बुहारीलाई हेयका दुष्टिले हेरेको फूलमती बताउँछिन् । उनका पति बब्बु यादव बैदेशिक रोजगारको सीलसीलामा दुवाई जाने,आउने गर्छन ।

वैदेशिक रोजगारीबाट आएका समयमा फूलमतीका दाइ प्रभु यादल बहिनीलाई पनि सँगै लान आग्रह नगरेका होइनन् । तर बब्बुले भने पढलेख नगरेकी छैन भन्दै वैदेशिक रोजगारीमा लान मात्र होइन घर परिवारमै राख्न अस्विकार गर्दै आएका छन् ।

विवाह गर्दा मागेजति दाइजो माइतीले दिएको फूलमतीले बताइन् । उनले भनिन्, ‘ विवाहमा दाइजो पनि माइतीले दिएका हुन्, तर अहिले मलाई घरमा बस्न दिएका छैनन्, म वेशाहरा बने’ उनले भनिन्,’मलाई कसले न्याय दिलाइदिन्छ ।’

उसोत फूलमतीका दाई प्रभु यादवले महिला हक अधिकारको पक्षमा काम गर्नेसंस्थाहरुमा बहिनीको विषयमा जानकारी नगराएका होइनन् । तर, कोही उनको पक्षमा बोल्न तयार भएनन् ।

खरेन्द्रपुर सोमई धोबी भन्छन्,  फुलमतीको बारेमा तीन पटक वडा प्रहरी कार्यलय चन्द्रौटामा समेत छलफल भयो । पहिलो पटक त मैले घर लैजान्छु भन्दै सहमति  गरे उनका श्रीमान बब्बुले ।

तर केही दिनमै उनलाई घरमा बस्न नसक्ने वातावरण बनाइयो र पुन माइतीको शरणमा पुगिन् फूलकुमारी ।

केही हप्ता पछी उनलाई पुनं  इलाका प्रशासन कार्यलाय चन्द्रौटा बोलाइयो पहिले नगारिकता बनाउने छोरीको जन्मदार्ता बनाउनेका लागि पत्र बनाएर फेरी वडा प्रहरी कार्यालय चन्द्रौटामा बोलाइयो ।

इलाका प्रशासनको पत्र अनुसार प्रहरीले उनको श्रीमानलाई पनि हाजिर गराएको थियो ।  विशनपुरका एमालेका नेता र काग्रेसका  स्थानिय नेताहरुको भनाइमा अब कुटपिट नगर्ने भनेरै कागाज पत्र बनाउने अनि कागाज पत्र बनेपछी विशनपुर लैजानृ भनेर सहमती भयो । त्यसको अर्का दिने  इलाका प्रशासन कार्यलायमा फुलमती र उनका दाजु प्रभु प्रशासन कार्यलाय पुगे त्यहा उनको श्रीमान पक्षको कोही पनि हाजिर भएनन् ।

फूलकुमारीका माइती पक्षले बब्बुले अर्को विवाह गर्न लागेका कारण आफ्नी बहिनीलाई हेला गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू