२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भोलि अत्यावश्यक परेमात्रै सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

२०८०, ६ मंसिर बुधबार ०९:२१

मङ्सिर ६, काठमाडौँ | काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो ।


काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भोलि ७ गते विभिन्न समूहले ऱ्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भएकाले उपत्यका भरि सवारी आवगमनमा असहजता हुन सक्ने कार्यालयले जनाएको छ ।

आन्दोलनका कारण सडकमा असहज हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन र सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ।एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन अनुरोध गरेको छ ।

ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने जनाएको छ ।भाेलि मेडिकल व्यवसायी दुर्गा प्रसाई‌ं र नेकपा एमाले निकट युवास‌ंघले छुट्टाछुटै प्रदर्शन गर्ने तयारी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी