केपी ओली कपका लागि विपिन खत्रीको कप्तानीमा गण्डकीको टिम घोषणा

Posted on: 22 Nov, 2023

मङ्सिर ६, काठमाडौँ | केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता का लागि गण्डकी प्रदेशको टिम घोषणा भएको छ ।

मंसिर ७ बाट पोखरामा सुरु हुने प्रतियोगिताका लागि गण्डकीका अनुभवी स्पिनर विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो ।

यस पटक टिममा यू-१९ टिममा रहेका दुई खेलाडी सुवास भण्डारी र अर्जुन कुमालले टिममा खेल्ने छैनन् ।

कप्तानमा भने विपिन खत्रीले निरन्तरता पाएका छन् । विकेटकिपरको रुपमा समिर कडेल रहनेछन् ।

यस टिमको प्रशिक्षकमा रिजन प्रजु रहनेछन् भने व्यवस्थापकमा रेशम केसी रहेका छन् ।

प्रतियोगिता मंसिर ७ गतेबाट पोखरामा सुरु हुनेछ । जसमा १२ वटा टिमले भाग लिनेछन् । ३ विभागीय , ७ प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमीबाट २ वटा टिम गरि १२ टिमले सहभागीता जनाउनेछन् ।

गण्डकी प्रदेशको टिमः

विपिन खत्री(कप्तान), रोबिन तिमल्सिना, गौरव विक, किरण पौडेल, मुस्कान थापा, समिर कडेल(विकेटकिपर), करण पंगेनी, अभिषेक थापा, सन्दीप क्षेत्री खत्री, अमृत गुरुङ, दिनेश बुढा मगर, कमल परियार, सुदिप अर्याल र चन्द्रकान्त पौडेल ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!