१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सामुदायिक वन उपभोक्ता समितिको रकम बाँडेर खाने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

६ मंसिर २०८०, बुधबार १०:५३

मङ्सिर ६, काभ्रेपलाञ्चोक |  सामुदायिक वन उपभोक्ता समितिको हिसाब बाँडीचुँडी खाने तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका वडा नं. ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई, कोषाध्यक्ष माधवप्रसाद चौलागाई विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेषमा मुद्दा दर्ता गर्दै उनीहरुविरुद्ध नौ लाख १३ हजार दुई सय ८० रुपैयाँ ९० पैसा बराबरको बिगो जरिवाना र कैद सजायको मागदावी लिएको छ । लामा र चौलागाईद्वयले समितिको हिसाब किताब नदेखाएको, साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको आरोप छ ।

अख्तियारको अनुसन्धानमा तीन जनाले आपसी मिलोमतोमा संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट बदनियत राखी अनियमित रुपमा रकम झिक्न लगाएर नौ लाख १३ हजार दुई सय ८० रुपैयाँ ९० पैसा हिनामिना गरेको पाइएको छ । आयोगका प्रवक्ता भोला दाहालका अुनसार तीन जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिइएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार