कोशी र गण्डकी प्रदेशका उच्च क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on: 23 Nov, 2023

मङ्सिर ७, काठमाडौँ | जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई ठाउँमा हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ ।

राति देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेकाले त्यसबाट हुने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!