दुर्गा प्रसाईंको आन्दोलनमा नैतिक समर्थन छ, तर उद्दण्डता स्विकार्य छैन् : दीपक खड्का

Posted on: 23 Nov, 2023

मङ्सिर ७, काठमाडौं | नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक खड्काले दुर्गा प्रसाईंको आन्दोलनप्रति आफ्नो नैतिक समर्थन रहेको बताएका छन् । तर, प्रसाईं र उनी समर्थकहरुको उद्दण्डता र उच्छृंखलता भने स्विकार्य नभएको उनको भनाई छ । प्रसाईंले आजबाट काठमाडौंकेन्द्रित तीन दिने आन्दोलन छेडेका छन् ।


यही सन्दर्भमा नेता खड्काले आन्दोलनमा उठाईएका जनताका केही एजेण्डालाई लिएर आफ्नो नैतिक समर्थन रहेको बताएका हुन् । उनले बैंक तथा वित्तिय संस्थाका कारण गरिव तथा निमुखा जनता ठूलो मारमा परेको स्मरण गराउँदै उनीहरुको आवाज बोलेकोमा भने प्रसाईंको आन्दोलनप्रति आफ्नो नैतिक समर्थन रहेको बताएका हुन् । तर, प्रसाईंले गर्ने गरेको राजनीतिक–महत्वकांक्षासहितको अभिव्यक्ति तथा उदण्डता भने स्विकार्य नभएको उनको प्रतिक्रिया छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!