स्वीजरल्याण्डले प्रदान गर्ने ६५ करोड अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

Posted on: 23 Nov, 2023

मङ्सिर ७, काठमाडौँ | सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने करिव ६५ करोड अनुदान स्वीकृत गर्न निर्णय गरेको छ।


आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन्।

यस्तै, विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!