सुरु भयो केपी ओली कप क्रिकेट, पौडेलको बलिङमा ओलीको ब्याटिङ

Posted on: 23 Nov, 2023

मङ्सिर ७, पोखरा | पोखरामा केपी ओली कप टी-२० क्रिकेट सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा बागमती र आयोजक मदन भण्डारी स्पोर्ट्सको रातो टोलीबिच प्रतिस्पर्धा हुँदैछ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गरे । अध्यक्ष ओलीले ब्याटिङ गर्दा उपाध्यक्ष बिष्णु पौडेलले बलिङ गरेका थिए। त्यसपछि ओलीले पनि बलिङ गरे । उनको बलिङमा उपाध्यक्ष पौडेलले ब्याटिङ गरेका थिए । मदन भण्डारी रातोले टस जितेर फिल्डिङ रोज्दा बागमतीले ब्याटिङ सुरु गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!