बल्खुमा झडप, स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्यास प्रहार

Posted on: 23 Nov, 2023

मङ्सिर ७, काठमाडौँ |  काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । प्रदर्शनकारी कालिमाटीतर्फ छिर्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । अहिले उक्त क्षेत्र अशान्त बनेको छ ।


प्रदर्शनकारीलाई प्रहरीले बल्खुमा नै रोकेको छ । कालिमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो पनि प्रहरीले खोसेको छ ।

यसअघि सोही स्थानमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!