कात्तिक महिनामा मात्रै साढे ४ करोडको तास भित्रियो

Posted on: 23 Nov, 2023

मङ्सिर ७, काठमाडौँ | दसैं र तिहारको समयमा ४ करोड ४९ लाख बढी रुपैयाँको तास नेपाल भित्रिएको छ ।

चालू आर्थिक वर्षको कात्तिक महिनामा मात्रै ४ करोड ४९ लाख ११ हजार रुपैयाँको तास नेपाल भित्रिएको भन्सार विभागको तथ्याङकले देखाएको छ । जहाँ कात्तिक महिनाभित्र दशै र तिहार परेको थियो यसबीचमा उक्त तास नेपाल भित्रिएको हो ।


यसअघि चालू आर्थिक वर्षको असोज महिनासम्म मात्रै १४ करोड ४९ लाख ३२ हजार रुपैयाँको तास आयात भएको थियो भने दसैं र तिहारको बिचमा ४ करोड ४९ लाख बढी रुपैयाँको तास आयात भएको हो । नेपालमा वर्षेनी करोडौ रुपैयाँको तास भित्रीने गरेको छ । चाडपर्वको समयमा यसको आयात बढ्ने गर्दछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!