दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना राजावादी पक्राउ

Posted on: 24 Nov, 2023

मङ्सिर ७, काठमाडौँ | प्रहरीले दुर्गा प्रसाईंको आन्दोलनलाई समर्थन गरेका ५ जना पूर्व राजाका समर्थकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जना छन् । खड्का काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । 


सुन्धाराबाट १ जना र थापाथलीबाट ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । 

पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!